Skip navigation.
Home

प्रतिबन्ध वाईसीएल कि फोरममाथि ?

प्रतिबन्ध वाईसीएल कि फोरममाथि ? (Due acknowledgement to Deshantar).

काठमाडौं । माओवादीको भातृ संगठन वाईसीएलको आतंकबाट पीडित आमजनसमुदायमा यतिखेर एउटा प्रश्न उब्जिएको छ- प्रतिबन्ध कसलाई लगाउने माओवादीले मधेसी जनअधिकार फोरममाथि प्रतिबन्ध लगाउन प्रस्ताव अघि सारेपछि यस्तो प्रश्न उब्जिएको हो ।

माओवादीको केन्द्रीय सचिवालय बैठकमा फोरमलाई प्रतिबन्ध लगाउन तयार भएको प्रस्तावमाथि छलफल चलिरहेको छ भने यता सर्वसाधारण जनता वाईसीएलमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका छन् । व्यक्ति अपहरण धम्की चन्दा आतंकदेखि भौतिक कार्बाही माओवादी

वाईसीएलको परिचय बनेको छ । व्यक्ति अपहरण गरेर रकम असुल गर्ने र रकम प्राप्त नभए एक दुई रात आफूसँग नियन्त्रणमा राखेर निकायलाई बुझाएर साखुल्ले हुने गरेको कामलाई नेपाली समाजले आपराधिक कार्य मानेका छन् । त्यस्तो काम गर्नेलाई प्रतिबन्ध लाग्नुपर्ने हो कि सबै दलले जायज भनेको तराईका समस्यालाई राजनैतिक रुपबाट उठाउँदै आएको फोरम प्रतिबन्धको भागी हो भन्ने जनमत गरियो भने सम्भवतः प्रतिबन्धको पहिलो सूचीमा वाईसीएल पर्नेछ । राष्ट्रमा मात्र होइन अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत वाईसीएल त्यही रुपले चिनिँदैछ । पछिल्लोपटक अमेरिकी सहायक विदेशमन्त्रीले प्रेस सम्मेलन नै गरेर वाईसीएल गैर राजनीतिक िहंसा डर र आतंकबाट राजनीतिक अभीष्ट सिद्ध गर्न लागिरहेको संस्था भनी परिचय गराएका थिए । वाईसीएलका यस्ता आतंककै कारण माओवादी कार्यकर्ता मारिइरहँदा पनि आमनागरिकमा माओवादीप्रति सहानुभूति प्रकट भएको नपाइनु जनमानसमा वाईसीएल कुन रुपमा परिचित रहेछ भन्ने प्रष्ट हुन्छ ।

माओवादीको यो प्रस्तावमा मान्छेमा नै समूहलाई खुला छाड्न मिल्दैन तर त्यो निहुँबाट जुन संस्थालाई प्रतिबन्ध लगाउन प्रस्ताव भएको छ माओवादी कार्यकर्ता भने अर्कै समूह जो भूमिगत छ बाट मारिएका छन् । आफ्ना पूर्व कार्यकर्ता संलग्न भएको प्रतिशोधमा माओवादी यति आक्रोसित भएको त होइन भन्ने पनि प्रश्न उब्जिएको छ । तिनै प्रश्नभित्र प्रतिबन्ध लाग्नुपर्ने संस्थाका रुपमा वाईसीएल प्रथम सूचीमा जनताको मन र विचारमा अंकित भएको छ ।